चडेपानी गाउँ थप एक हप्ताका लागि सिल गरियो

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को चडेपानी गाउँ थप एक हप्ताका लागि सिल गरिएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गते सम्मका लागि चडेपानी गाउँलाई सिल गरिने निर्णय गरेको गाउँपािलकाले जनाएको छ।

यसअघि असार २० गतेदेखि असार २७ गते सम्मका लागि सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो।

गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ भने परीक्षणको दायरा समेत बढाइएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?