कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी

कैलाली । कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी भएको छ । उपप्रमुखको अध्यक्षतामा गठित योजना तर्जुमा समितिको अधिकारको बेवास्ता गरी नगर प्रमुखले मनोमानी तरिकाले नगर सभा सम्पन्न गर्न खोजेको भन्दै कैलालीको भजनी नगरपालिकामा सोमबार तालाबन्दी गरिएको हो ।

असार १० मा सुरु भएको नगरसभा नगर प्रमुख शेरबहादुर चौधरीले मनोमानी ढंगले स्थगन गरी असार २७ मा कार्यपालिकाको बैठक बोलाएकोमा असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन् ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थाअनुसार नगर सभा सञ्चालन हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ । माग पूरा नहुँदासम्म तालाबन्दी रहने मेयरले ताला खोल्न पहल नगरेका कारण कति लामो समय तालाबन्दी रहने भन्न नसकिने वडा–३ का अध्यक्ष विक्रम चौधरीले बताउनु भयो । सोमबार १० बजे नगरसभा सक्ने गरी बैठक डाकिएकोमा त्यसअगावै तालाबन्दी गरिएको उहाँको भनाइ छ ।

योजना तर्जुमा समितिको बैठकबाट योजना कार्यपालिका बैठकमा र त्यसपछि नगर सभामा लग्नुपर्नेमा नगर प्रमुखले आफैं बजेट ल्याई मनोमानी गरेको आरोप उनीहरूको छ । तालाबन्दी गरी विरोधमा उपप्रमुख छाया देवकोटा, भजनी–१ का अध्यक्ष रविन थापा, ३ का अध्यक्ष विक्रम चौधरी, ५ का अध्यक्ष केशव बुढालगायतका जनप्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?