जिल्ला अस्पताल बैतडीले गर्यो शव वाहन खरीद

दार्चुला । जिल्ला अस्पताल बैतडीमा शव वाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिले बजेट उपलब्ध गराएपछि जिल्ला अस्पताल बैतडीले शव वाहन खरीद गरेको हो । यसअघि जिल्लामा शव वाहन नहुँदा समस्या हुँदै आएको थियो ।

जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शव वाहन खरीद गरी सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘करीब साढे १२ लाखको लागतमा जिल्लामा शव वाहन ल्याइएको छ । शव वाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाहरुको शव ओर्सान सहज हुनेछ ।’

एकीकृत शव वाहन सञ्चालन निर्देशिका अनुसार जिल्लामा शव वाहन सञ्चालन गरिने डा. जोशीले जानकारी दिनुभयो । यसअघि शव वाहन नहुँदा विभिन्न ठाउँमा समस्या हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?