दार्चुला । बैतडीमा जारी निषेधाज्ञालाई साउन १५ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ। कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अगामी साउन १५ सम्म निरन्तरता दिने निर्णय भएको हो।
असार १५ देखि खुकुलो पार्दै असार ३१ गते १२ बजे रातिसम्म कायम गरिएको निषेधाज्ञा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले साउन १५ सम्म निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचाना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
कोभिड संक्रमण घट्दो क्रममा रहेकाले जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी जारी निषेधाज्ञालाई सरलिकरण गरेर साउन १५ सम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
यो अवधिमा सबै सेवा सुचारु हुने बताउँदै प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुेपर्ने बताउनुभयो ।
दार्चुलामा भने साउन १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया