बझाङमा प्रहरीले गर्यो १० हजार बोट गाँजा फँडानी

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्ला भर गाँजा फडानी गर्ने अभियान शुरु गरेको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा फँडानी गरेको हो ।

प्रहरीले बझाङको सदरमुकाम तथा जयपृथ्वी नगरपालिका–१० चैनपुरको रिङरोड, खुल्लामञ्च लगायत बजार आसपासका क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ र वडा प्रहरी कार्यालय विटबाट खटिएको प्रहरीको टोलीले करिब १० हजार बोट गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

विगतका वर्ष बझाङका ग्रामिण भेगमा गाँजा खेती लगाउने गरिएकोमा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?