बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ ।
आफनै छोरीलाई जबरजस्तिकरण र हाडनाताकरणी मुद्धा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले वताएको छ ।
१४ बर्षिय छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तोकेको छ ।
बाजुरा जिल्ला अदालतले साउन ३१ गते फैसला गरेको हो ।जिल्ला अदालत बाजुुरामा २०७७ साउन २२ गते जबरजस्तिकरणी र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो ।
बुवाले छोरीलाई बलात्कार पछि गर्भ रहेको खुलाशा भएपछि घटना बाहिर आएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया