काठमाण्डौ । पहिलो टी(ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ ।
गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा १ सय ३ रन बनाएका हुन् ।
लिभिङ स्टोन टी–ट्वान्टीमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी समेत बने । उनको यो पहिलो टी–ट्वान्टी शतक समेत हो ।
यस्तै जासन रोयले ३२ रन बनाए । बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदी र शादब खानले ३र३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरीजमा १–० को अग्रता बनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया