त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ। कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।

गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट सञ्चालन हुने छ। 

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना संक्रमण जोखिमबाट बच्न सबै परीक्षा केन्द्रहरूलाई मापदण्ड अपनाउने व्यवस्था गर्न आग्रह गरेको बताए। उनका अनुसार सबै परीक्षा केन्द्रलाई हात धुने साबुन,पानी, मास्क र सेनिटाइजर प्रयोग गर्न लगाइएको छ।

परीक्षार्थीहरूलाई सामाजिक दूरी कायम गराउन पनि त्रिविले आग्रह गरेको छ। समस्यामा परेका परीक्षार्थीहरूको लागि पायक पर्ने केन्द्र छनोट गरी परीक्षा दिनसक्ने त्रिविले व्यवस्था गरेको छ।

नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको थियो। निषेधाज्ञा जारी भएपछि सबै त्रिवि अन्तर्गतका वार्षिक परीक्षा रोकिएको थियो। 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?