बैतडी । बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो । शव बाटोभन्दा २ सय मिटर तल आज बिहान फेला परेको उहाँले बताउनुभयो ।शव कसको भन्ने कुरा अझै पहिचान भईसकेको छैन् ।
शव फेला परेपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल नेतृत्वको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया