बैतडी । बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मल्ल बिहीबार (हिजो) भागेश्वरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको बुझिएको छ । माइती घर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया