डोटी । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले बन्द भएको छ। लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान गैरा नजिक पहिरो खस्दा राजमार्ग बन्द भएको हो । सडक माथिबाट ठूलाठूला ढुङ्गा र रुखहरु खसेका छन् । सडक डिभिजन कार्यालयको डोजरसहित पहिरो पन्छाउने काम भइरहेको प्रहरी चौकी गैराले जनाएको छ ।
पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




