कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।

भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७(७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको बताउनुभयो ।

‘हामीलाई नगरपालिकाले काम नसकिदै बजेट भुक्तानी गरेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी प्राप्त भएको थियो,’ जोशीले भन्नुभयो, ‘सोही आधारमा बुधबार नगरपालिकामा छापा हानेर अनुन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।’

दोधारचाँदनी नगरपालिकाले गत आर्थिक बर्ष २०७७(०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिदै भुक्तानी दिदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?