जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढदै

बैतडी । जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । पछिल्लो केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये अधिकांश भाइरले ज्वरो र रुघाखोकीका बिरामी भएका उहाँले बताउनुभयो ।
मौसम आएको परिवर्तनसंगै ज्वरोका बिरामी बढेका डा.जोशीले जानकारी दिनुभयो । बर्षातको समयमा पानीका मूहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

पानी उमालेर पिउन डा. जोशीको आग्रह छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?