चार दिन सम्म पनि खुलेन जयपृथ्वी राजमार्ग

दार्चुला । बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन् । गएको आइतबार सडक तलतिरबाट पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग खुलाउन पहल भईरहेको भएपनि पर्खाल लगाउने काम नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

सडक तलतिर पहिरो खसेपछि पर्खाल लगाउने काम भईरहेको छ । पर्खाल नलगाउँदा सम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन् ।’

गएको चारदिनदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधन र अन्य सवारी साधन बीचबाटोमै रोकिएका छन् । जिपहरुले यात्रुहरुलाई झौलेक सम्म पुर्याउने गरेका छन् भने त्यहाँबाट अर्को सवारी साधनमा जानुपर्ने बाध्यता रही आएको छ ।

मालवाहक ट्रकहरु भने चारदिनदेखि बीचबाटोमै रोकिएका छन् । जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन बीचबाटोमै रोकिएका छन् । यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट अन्यत्र जाने यात्रुहरु पनि मार्कामा परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि तीव्र गतिमा काम भईरहेको दाबी गरेपनि चार दिन भईसक्दा समेत सडक सुचारु हुन सकेको छैन् ।

जयपृथ्वी राजमार्गमा बर्षातको समयमा बेलाबेलामा समस्या आउने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?