कैलालीमा शसस्त्र प्रहरी जवान कार्यलय परिसरमै मृत अवस्थामा भेटिए

काठमाडौं । कैलालीमा कार्यालय परिसरभित्रै शसस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उप महानगरपालिका १ स्थित शसस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय प्रहरी जवान हरिष कुमार शाही आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

शाहीको शव कार्यायल परिसरभित्र उतरपट्टिको कम्पाण्ण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा फेला परेको कैलाली जिल्लाका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारी बताउनुभयो । शाही डडेल्धुरा भागेश्वर १ का हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?