धनगढीमा भोली आयोजना हुने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा, रक्तदान गर्न हुन सम्पुर्णमा अपील

कैलाली । बैतडी समाज कैलालीले भोली धनगढीमा आयोजना गर्ने छैैटौं वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । ’’रक्तदान, जीवन दान’’ भन्ने नारा सहित समाजले भोली आयोजना गर्ने रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो । रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रम भोली बिहान साढे ७ बजेदेखि धनगढी स्थित समाजको सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा हुने आयोजक बैतडी समाज कैलालीले जनाएको छ ।
रक्तदान कार्यक्रमका संयोजक राज बहादुरु चन्दले शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले कोरोना कहरको यो अत्यासलाग्दो समयमा मानव जीवनलाई बचाउन रक्त सञ्चार केन्द्रहरूमा रगतको झन बढी आवश्यकता रहेकोले सबैले जागरुक भएर रक्तदान गर्न हुन सम्पुर्ण रक्तदाताहरुलाई अपिल गरेका छन ।

रक्तदान जस्तो बहुमुल्य र पुण्य काम अरु कुनैं नभएकाले समाजले गरेका यस अघिका रक्तदान कार्यक्रममा झैं यो कार्यक्रममा पनि उल्लेख्य रूपमा रक्तदाताहरु सहभागी हुने आफुहरुले बिश्वास लिएको कार्यक्रमका संयोजक चन्दले बताउनुभयो । रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा उहाँले आग्रह समेत गर्नुभएको छ ।

बैतडी समाज कैलालीले बर्षको दुई पटक रक्तदान कार्यक्रम र एक पटक पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । तर यसपटक कोरोना महामारीले पुख्यौली थलो बैतडीको दुर्गम ठाउँमा सञ्चालन गरिने स्वास्थ्य शिविर आयोजना गर्न नसकिएको बैतडी समाजले जनाएको छ ।

 बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?