कैलाली । धनगढीमा ब्राउन सुगरसतिह युवायुवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिकाका युवायुवती धनगढीको माया मेट्रो अस्पतालबाट ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २२ वर्षीय रमेश विसी र २६ वर्षीया चन्दा विसी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनीहरुको साथबाट चार सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
बिरामीलाई भेट्न गएका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। उनीहरुलाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया