सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस

दार्चुला । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिनुभएको हो ।

कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उहाँले लेख्नुभएको छ ।

कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु, श्रेष्ठले भन्नुभयो ।

यसअघि कक्षा १२ को परीक्षा नजिकिएसँगै यसलाई स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालमा घनिभूत बनेको थियो । परीक्षा रोक्न विनोद चौधरीदेखि रवी लामिछानेसम्मले लविङ गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

भौतिक उपस्थितिमा परीक्षा गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै रोक्न आग्रह गर्नेमा नेता र सेलिब्रिटीदेखि साहित्यकारसम्म छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?