युवक मृत्यु प्रकरणमा ३ युवायुवती पक्राउ

दार्चुला । धनगढीमा उपचारका क्रममा सुर्य मानन्धर मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवक मानन्धरको मृत्यु भएपछि अनुसन्धानका लागि दुई युवक र एक युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘शुक्रबार साँझ सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि मानन्धरलाई भर्ना गरिएको थियो,’ प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भन्नुभयोे, ‘मानन्धरको राति मृत्यु भएको थियो। उनको मृत्युपछि सोधपुछका लागि तीन जनालाई पक्राउ गरिएको हो।’ मृत्यु भएका मानन्धर र पक्राउ परेका तीन जना लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?