सुदूरपश्चिमका ४ लाख बढीले पाए कोरोनाविरुद्धको खोप

दार्चुला । सुदूरपश्चिम प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४ लाख २० हजार नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो।

प्रदेश सरकारले कोरोना खोप लगाउनुपर्ने नागरिकको तथ्याँक संकलन नगरेको भएपनि झण्डै ८५ प्रतिशत नागरिकले अझै खोप पाउन बाँकी छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले संघीय सरकारले पठाएको खोप प्रदेशका नौँ वटै जिल्लाका नागरिकलाई लगाइएको बताउनुभयो ।

प्राथमिकताका आधारमा लक्षित समुह र बृद्धबृद्धाहरुलाई खोप लगाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?