पहिरोले अवरुद्ध महाकाली लोकमार्ग खुलाइयो

दार्चुला । लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली लोकमार्ग खुलाइएको छ।

राजमार्ग अन्तर्गत बैतडीको सतबाँझदेखि गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो।

दुईवटा जेसीबी प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

​पहिरो पन्छाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?