बैतडीमा ८४ करोड रुपैयाँ बजेट फ्रिज

दार्चुला । बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ। प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको बजेट फ्रिज भएको हो।

प्रदेश सरकार मातहतका कार्यालय र संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिनुभयो ।

प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपैयाँ खर्च भएको छ। जसमध्ये ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज गएको हो।

यसरी हेर्दा कुल बजेटको १२.३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। यस्तै, संघीय सरकार मातहतका कार्यालयको ६.८५ प्रतिशत बजेट फ्रिज भएको छ। बैतडीमा संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ मध्ये ६ अर्ब ८ करोड ८६ लाख २१ हजार २०५ रुपैयाँ खर्च भएको छ।

संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको छ।

यसैबिच बझाङमा संघीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकममध्ये धेरै बजेट फ्रिज भएको छ। संघीय सरकारले जिल्लामा पठाएको चालु तर्फ ५ अर्ब ४९ करोड ८२ लाख ७१ हजार २ सय १४ रुपैयाँ र पुँजीगततर्फ ३७ करोड ५९ लाख ३६ हजार रकममध्ये चालु तर्फ, ३६ करोड ३६ लाख २२ हजार ८ सय ७२ र पुँजीगततर्फ ७ करोड ५२ लाख ९२ हजार ९ सय १६ रुपैयाँ फ्रिज भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि पठाएको चालुतर्फ ९९ करोड ६३ लाख ३५ हजार ५ सय रुपैयाँ र पुँजीगत तर्फ १ अर्ब ७ करोड १८ लाख ८१ हजार रुपैयाँ मध्येबाट चालु तर्फ १३ करोड ३० लाख ३६ हजार ९ सय ८५ रुपैयाँ र पुँजीगत तर्फ ३२ करोड ५३ लाख ७३ हजार ५ सय ७० रुपैयाँ फ्रिज भएको हो।

संघीय सरकारबाट प्राप्त चालु तर्फको बजेट मध्ये करिब ९३.३८ प्रतिशत र पुँजिगततर्फ ७९.९७ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकार बाट प्राप्त बजेट मध्ये चालुतर्फ करिब ८६.६४ प्रतिशत र पुँजीगततर्फ करिब ६९.६४ प्रतिशत खर्च भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?