दार्चुला । कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि गम्भीर छ।
बुधबार साँझ सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया