दार्चुला । डडेल्धुराका एक व्यापारीमाथि चक्कु प्रहार भएको छ। अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार भएको हो। गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समूहले चक्कु प्रहार गरेको पीडितले बताएका छ्न्।
घाईते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ। उहाँको कान, दायाँ हातको पाखुरामा घाउ छ भने पसलमा समेत तोडफोड गरीएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




