अपिहिमालमा मनाइयो युवा दिवस, हाजिरीजवाफ र बक्तृत्वकला सम्पन्न

दार्चुला । खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मुल नाराका साथ दार्चुलाको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । शिक्षा शाखा प्रमुख विरेन्द्र सिंह साउदको अध्यक्षता तथा अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल (डि.एन. घाजरेल) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अपिहिमाल गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षद्वय समुद्र सिहं कार्की र दिलिप सिहं धामीको बिशिष्ट आतिथ्यता रहेको थियो । प्राविधिक सहायक मदन राज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा खुला बक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

खुला बक्तृत्वकला प्रतियोगिता (२५ वर्ष देखि ४० वर्ष उमेर समुहको) विहिबार सम्पन्न भएको छ । जसमा प्रथम स्थान अमर सिंह महरा, द्धितिय स्थान दिवाकर जोशी र तृतिय स्थान मुकुन्द सिहं धामीले प्राप्त गर्नु भएको छ । हाजिरी जवाफ प्रतियोगितामा कठैबैठा युवा समूह बाट गोबिन्द धामी र रोहित धामीले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् । सौगन्ना युवा समूह बाट राजेन्द्र सिंह धामी र दान सिंह धामीले द्धितिय स्थान र अपि युवा समुह बाट संगिता बोहरा र गमला बोहराले तृतीय स्थान प्राप्त गरेको प्राविधिक सहायक जोशीले बताउनुभयो । दुईवटै प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्नेले क्रमशः रु. ५०००, ३००० र २००० नगद पुरस्कार प्राप्त गरेका छन् ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले युवा भनेको मानव जीवनको अत्यधिक जोश, जागर, उत्साह अनि शक्ति भएको उमेर समूह भएको बताउदै मुलकका ठुला–ठुला परिवर्तनमा युवाले निर्णायक भुमिका खेलेको स्मरण गर्नुभयो । समृद्धिको यात्रामा युवाहरुको सहभागिता अपरिहार्य रहेको उहाँको भनाई छ । सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । गाउँपालिकाले युवा लक्षित कार्यक्रममा ध्यान दिने अध्यक्ष मन्यालको भनाई छ ।

No description available.

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न नसकेको गुनासो कायमै छ ।

देशमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो पटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको छ । प्रदेश, जिल्ला र पालिकामा पनि युवाका लागि विभिन्न संरचना तयार गरिएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको स्वीकार गर्नुभयो । युवा क्षमताको प्रभावकारी उपयोग गर्न जरुरी रहेको उहाँको भनाई छ ।

सायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?