बैतडीमा भोलीदेखि कोभीशिल्डको दोश्रो मात्रा लगाइने

दार्चुला । बैतडीमा कोभीशिल्डको खोपको दोश्रो मात्रा भोलीदेखि दिइने भएको छ । यसअघि कोभीशिल्डको खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा खोपको व्यवस्था गरिएको हो । कोभीशिल्ड र एस्ट्रजेनिका एउटै खोप भएकाले कोभीशिल्ड लगाएकाहरुलाई दोश्रो मात्रा एस्ट्राजेनिका खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका १६ हजार १९६ नागरिक रहेकाले उनीहरुलाई खोपको दोश्रो मात्रा दिइनेछ । खोप अभियान अन्तर्गत साउन ३१ र ३२ गते पाँचओटा पालिकामा खोप सञ्चालन हुनेछ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा साउन ३१ र ३२ गते खोप दिइनेछ । यस्तै डिलाशैनी गाउँपालिकामा साउन ३२ र भदौ १ गते खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा भदौ १ र २ गते खोप अभियान सञ्चालन हुनेछ ।

प्रत्येक वडामा खोप केन्द्र तोकिएकाले खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोपकेन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ । यस्तै खोपकेन्द्रमा जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालाना गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?