दार्चुला । कार्लोस एन्चलोटीले रियल म्याड्रिडको प्रशिक्षकका रुपमा आफ्नो दोस्रो कार्यकाल उत्कृष्ट तवरले सुरु गरेका छन् । रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो ।
खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पारे । ६२ मिनेटमा बेन्जेमाले अर्को गोल गर्दा रियल ३–० ले अघि बढ्यो । अलाभ्सबाट ६५ मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काए ।
तर खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दा रियलले ४–१ को शान्दार जित निकाल्यो । यससँगै सुरुवाती खेलबाटै रियलले तीन अंक जोडेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया