बालविकास सहजकर्ता र विद्यालय कर्मचारीद्धारा पाटन नगरपालिकामा तालाबन्दी

दार्चुला । बैतडीको पाटन नगरपालिकामा साउन महिनाभित्रै दोस्रो पटक तालाबन्दी गरिएको छ। जनप्रतिनिधि र कर्मचारीका कामकार्वाहीप्रति नागरिक रुष्ट बन्दै गएपछी आइतबार फेरि अनिश्चितकालीन तालाबन्दी गरिएको हो।

नगरभित्रका विभिन्न विद्यालयमा आवद्द बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफुहरूको तलब नगरपालिकाले बृद्धि नगरेको भन्दै नगर कार्यपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन्।

नेपाल सरकारले बजेट भाषणमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि सो विषयमा पाटन नगरपालिकाले भने कन्जुस्याइँ गरेको उनीहरुको आरोप छ।

वित्तिय सामान्यीकरणको बजेटबाट तलब भत्तामा खर्च गर्न नमिल्ने बताउदै आएको नगरपालिकाले आन्तरीक राजस्वबाट ७ हजार दिनसक्ने अवस्था नरहेपछि सरकारको उक्त निर्णय कार्यान्वयन नगरिएको जनाएको छ।

१० वटा स्थानीय तह रहेको बैतडीमा पञ्चेश्वर र दोगडाकेदार गाउँपालिका बाहेकका अन्य स्थानीय तहले तलब वृद्धि नगर्दा सो क्षेत्रका बालविकास सहजकर्ताहरूले न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्ने बाध्यता छ।

नगर कार्यपालिकामा यसअघि साउन १७ गते पनि केही स्थानीय युवाहरुले गुरूडा–भासु– जडाकोट ३ नम्बर वडा कार्यालय जोड्ने सडक निर्माण योजनाको विषयलाई लिएर तालाबन्दी गरेका थिए।

यसअघि बैतडीको पुर्चौडी नगरपालिकामा समेत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले दुई पटक पारिश्रमिककै विषयमा तालाबन्दी गरेका थिए । नगरकार्यपालिकामा छलफल गर्ने शर्तमा उनिहरुले ताला खोलेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?