उपचार गरेर फर्किदै गरेका एक पुरुषको गौरीफन्टा नाकामा मृत्यु

दार्चुला । गौरीफन्टा नाकामा एक व्यक्तिको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमील्लाका ५२ वर्षीय खडकबहादुर शाहको मुत्यु भएको हो। भारतको खटीमाबाट उपचार गरेर आएको बताएका उनको नाकामै मृत्यु भएको प्रहरीले जनाएको छ।

गौरीफन्टा पुगेर चौतारीमा पल्टिरहेका उनले आफुलाई अस्पताल लग्न आग्रह गरेका थिए। त्यसपछि डोकेबजार प्रहरीले सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाएको थियो। तर एम्बुलेन्स आउनु अगावै शाहको ज्यान गएको प्रहरीले जनाएको छ। अहिले उनको शव सेती अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?