पाटनमा पहिरोले दुई घर पुरिए, गाई-भैँसीको मृत्यु, मानिस सुरक्षित

दार्चुला । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएका हुन् । पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० वटा कुखुरा मरेका छन् भने खाद्यान्न, लत्ता कपडा सबै क्षति भएका छन् ।

अर्का पीडित हिक्मतका एक गाई, पाँच वटा बाख्रा र १५ कुखुरा पहिरोमा पुरिएर मरेका छन् । तर पहिरो गएको थाहा पाएपछि दुवै जनाका परिवार भागेर ज्यान बचाउन सफल भएका हुन् । अहिले विस्थापीत परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?