दार्चुला । बैतडीमा आजबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइदैछ । गत साउन १७ गतेदेखि विभिन्न मितिमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालयकाअनुसार आज (८ गते) र भोलि (९ गते) पाटन नगरपालिकामा खोप लगाइने र १० र ११ गते दोगडाकेदार गाउँपालिकामा खोप लगाइने छ। यस्तै ११ र १२ गते पुर्चौंडी नगरपालिका, १२ र १३ गते दशरथचन्द नगरपालिका, सुर्नया, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा खोप लगाइने छ। भदौ १५ र १६ गते सिगास गाउँपालिका र १६ र १७ गते डिलाशैनी गाउँपालिकामा खोप लगाइने छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया