दार्चुला । कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार ट्रकको ठक्करबाट गुर्धामीको घटनास्थलमै मृत्यु भएको हो। ट्रक चालक उदयपुर हर्जेनी गाँउपालिका–३ बस्ने ३८ बर्षका टेकराज खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुर खण्ड अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक गणेशराज उप्रेतीले घटनापछि राजमाार्ग अवरुद्ध भएको जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया