महाकाली नदीमा हाम फाल्दा एक पुरुष बेपत्ता

दार्चुला । महाकाली नदीमा हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्। कञ्चनपुरको ‘भाइरल रोड’ले परिचित उक्त स्थानमा गएका जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी सोमबार बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले सोमबार दिउँसो शिक्षक जोशीले महाकाली नदीमा हाम फालेर बेपत्ता भएको बताउनुभयो । ‘शिक्षकले महाकाली नदीमा हाम फालेको रहेछ, उहाँले भन्नुभयो, हिजोदेखि खोजिकार्य चलिरहेको छ, अहिलेसम्म शव फेला परेको छैन ।

दोधाराको एक निजी बोडिङ्गमा कार्यरत शिक्षकले महाकाली नदीमा हामफालेसंगै घरपरिवार, आफन्त एव गाँउले चिन्तामा छन । भाईरल रोड क्षेत्रमै गएका शिक्षकले हाम फालेपछि थप चिन्ताको विषय बनेको छ ।

पछिल्लो समय महाकाली नदीमा निर्माण भईरहेको चार लेन सडकमा टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?