दार्चुला । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका(४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ४ का ८० र वडा नम्बर ७ का ५८ घर डुबानमा परेका हुन् ।
डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताउनुभयो । कर्णाली नदीको बहावले टीकापुर नगरपालिका-५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ।
अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा लम्कीचुहा नगरपालिकामा दुईजना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका(३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै अविरल वर्षापछि गोदावरी नदीले कटान गरेर गोदावरी नगरपालिका ४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टीनले छाएको एक कोठे किराना पसल र प्रतिक्षालय बगाएको छ । गोदावरी नगरपालिका १२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५/६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया