दार्चुला । दार्चुला र बैतडीको सीमावर्ती बजार गोकुलेश्वरमा पहिलो पटक एटिएम सेवा सुचारु भएको छ । डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चमेलिया पुल नजिकबाट कुमारी बैंक लिमिटेडले गोकुलेश्वरमै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका कर्मचारी दिपक जोशीले जानकारी दिनुभयो ।
विगतमा डिलाशैनी गाउँपालिका वडा नम्बर ५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नम्बर ६ चमेलिया मोटरेवल पुल नजिक सारीएको छ । सोहि स्थानबाट एटिएम सेवा सुचारु गरिएको जोशीले बताउनुभयो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर गोकुलेश्वर क्षेत्रमै पहिलो पटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका म्यानेजर निरज खरेलले बताउनुभयो । एटिएम सेवा सुचारु भएपछि राहत महसुस भएको गोकुलेश्वरका व्यवसायी शुरेश श्रेष्ठले जानकारी दिनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया