दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाका ३३ वर्षीय युवकको मलेसियामा मृत्यु भएको छ। दोगडाकेदार गाउँपालि वडा नम्बर ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्टको बुधबार मृत्यु भएको हो।
सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा रहेका बेला मृत्यु भएको जनाइएको छ। उहाँको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ। मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया