नेपाल र भारतले १–१ गोलको बराबरी खेले

दार्चुला । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?