सुदूरपश्चिमका एक युवकको मलेसियामा मृत्यु

दार्चुला । बाजुराका एक युवकको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसियामा रहेका त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो। धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ।

अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताउनुभयो । उहाँका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामीलाई रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?