बैतडीमा आज कांग्रेसको वडाअधिवेशन हुँदै, दार्चुलामा भोली

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा आज ८४ वटै वडा अधिवेशन हुँदैछ । कतिपय जिल्लामा भदौ १८ गते वडा अधिवेशन भएपनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बैतडीमा भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नै आज वडा अधिवेशन हुन लागेको हो ।

८४ वडा मध्ये धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भईसकेको र आज घोषणा गर्ने तयारी रहेको छ । वडा अधिवेशन सम्पन्न गर्नका लागि ८४ ओटै वडामा मतदान अधिकृत खटाइसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ । वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गर्नेछ । बैतडीमा नेपाली कांग्रेसका ६ हजार ५७४ जना क्रियाशील सदस्य रहेका छन् । ती मध्ये २ हजार ८२४ जनाले सदस्यता नवीकरण गरेका हुन् भने ३ हजार ७५० नयाँ सदस्य हुन् ।

यस्तै दार्चुला जिल्लाका ६१ वटै वडामा मंगलबार भोली वडा अधिबेसन गर्ने तयारी छ । वडा अधिवेशन पछि भदौ २७ गते पालिका अधिवेशन गर्ने तयारी भएको नेपाली काग्रेशले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?