दार्चुला। सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ । यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षको भनेर चिनिएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो । यो संगै सुदूरपश्चिम प्रदेशसभामा एकिकृत समाजवादी १४ सासंदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
एमाले र माओवादीको एकतापछि बनेको नेकपा र एमालेको अनौपचारिक विभाजनका बेला उहाँ अध्यक्ष ओलीको पक्षमा उभिदै आउनुभएको थियो । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उहाँले विपक्षमा मतदान गर्नुभएको थियो । तत्कालीन समयमा ओलीको पक्षमा लाग्ने यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ भने प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ । सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।
प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया