डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेल्धुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेव यादवले भदौ २१ गते डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको रातोपाटीलाई जानकारी दिनुभयो । यसपटक सूची भने सार्वजनिक गरिएको छैन् । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ ।

कृष्ण प्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशन सम्पन्न गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?