बाजुरा । बाजुरामा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढिगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई प्रहरीलाई हातपात गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उहाँले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया