बझाङमा कान र नाकमा लगाएको मुन्द्राको लोभमा हजुरआमाको हत्या

बझाङ । बझाङमा हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८र९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो ‘सुनको लोभले हजुर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६र७ बजेको समयमा घटना स्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताउनुभयो । ’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?