पश्चिम सेती आयोजनाको अध्ययन गर्न आयोजना स्थल पुग्यो सरकारी टोली

दार्चुला । पश्चिम सेती जल विद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि विज्ञसम्मिलित उच्चस्तरीय टोली आज आयोजना स्थल पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्ट, अर्थ सचिव मधु मरासिनी, कानुन सचिव उदय सापकोटा, ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल र पूर्व ऊर्जा सचिव अनुप उपाध्याय लगायत १५ जना विज्ञको टाली आज आयोजना स्थल पुगेको हो ।

दुई महिना अघि गठित अध्ययन समितिलाई ६ महिनाभित्र परियोजनाको ढाँचा, विकास र लगानीको ढाँचा लगायतका विषयमा विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समय सीमा तोकिएको छ ।

अध्ययन समितिले दुई महिना देखि पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि काम गरिरहेको भए पनि विज्ञहरूको उच्चस्तरीय टोली आयोजनास्थलमा पुगेको भने पहिलो पटक हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?