तेक्वान्दोका ऐरसहित डेढ दर्जन खेलकर्मीलाई विभूषण

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका घर भएका तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट विभूषित हुने भएका छन् । यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् ।

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित हुँदा झन्डै डेढ दर्जन खेलकर्मीको नाम पनि सुचिमा समावेश गरिएको छ । गृह मन्त्रालयले निकालेको सुची अनुसार कप्तानद्वय मल्ल र चेम्जोङ प्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका हुन् । यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै तेक्वान्दोका आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानसँगै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि यसै विभूषणबाट सम्मानित हुनेछन् । अन्य १० खेलकर्मी सुकीर्ति पदकबाट विभूषित हुनेछन् । विभूषण भने वैशाखमा प्रदान गरिने बताइएको छ ।

नेपाल प्रताप आभूषण पाउने ऐर निरन्तर खेल क्षेत्रमा समर्पीत
सन १९९५ देखि मार्सल आर्टको यात्रा शुरु गरेका लक्ष्मण वहादुर ऐर को यात्रा हालसम्म निरन्तर सक्रिय प्रशिक्षक एवं तेक्वान्दो खेलको पुम्से विधाका खेलाडीको रुपमा परीचित छन्। विशेष गरी पछिल्लो समय कोरोनाको महामारी फैलिए सँगै उक्त चुनौतीलाई उनले अवसरको रुपमा परिणत गर्दै आफूलाई उक्त विधाको एक अव्वल खेलाडीको रुपमा स्थापित गरेका छन ।

सर्व प्रथम त तेक्वान्दो खेलको विश्व इतिहासमा नै प्रथम पटक मे २०२० मा जर्मनीमा संचालन भएको यूरोपियन च्याम्पियनसिपमा उनी आफूमात्र सहभागी नभई विविध वाधा अवरोधका बावजुत पनि उनी समेत ५ जना नेपाल प्रहरीको विभागीय टिमले नेपालको प्रतिनिधित्व गरी विश्वका ७२ देशहरु सम्मिलित अनलाईन च्याम्पियनसिपमा पहिलो सहभागी टिमको खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकको भूमिका समेत स्वयं आफैले निभाई सहभागिता जनाउन सफल भएका थिए।

त्यहाँदेखि शुरु भएको उनको पुम्से खेलाडीको यात्रा हालसम्म निरन्तर चली रहनुको साथै दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक कुशल प्रशिक्षक एवं खेलाडीको भूमिका निर्वाह गर्दै राष्ट्रको लागि दर्जनौं पदकहरु प्राप्त गर्न सफल भएका छन । त्यसै गरी हालै सम्पन्न 10th Korean Ambassador Open National Virtual Poomsae Championship 2021″  मा उनले कास्य पदक प्राप्त गर्न सफल भएका छन । हरेक प्रतियोगिताको नतिजा उनी सहजै स्वीकार्छन । किनभने खेलमा तलमाथि वरियतामा पर्नु र हारजित हुनु स्वाभाविक रुपमा ठान्छन ऐर । उनको विशेषता नै के भने हरेक चुनौंती भनेको उनको लागि नयाँ कामको अवसर हो । हालका दिनसम्म उनको जिवनमा आई परेका चुनौंतीहरुले उनको जिवनसैली नै परिवर्तन भएको र हरेक चुनौंतीका अगाडी उनले सुनौंलो भविष्य देखेका हुन्छन । विभागीय टिमबाट खेल्दा समेत उनले चुनौतीहरु बारे प्रष्ट पार्न भने चाहेनन तर उनलाई शुरुका दिनहरुमा अनलाईन प्रतियोगिताहरुमा सहभागि हुन समेत निकै चुनौतीको सामना गर्नु परेको उनले वताए ।

यसका साथै 2021 On/Off line Daejeon MBC Cup Seocheon International Open Championahip, कोरियामा मा आफ्नो उमेर समुहमा रजत पदक हात पार्न सफले रहे भने उनी आवद्ध विभागीय टिमले कुल ४ रजत र ५ कास्य पदक जित्न सफल बन्यो । कुनै च्याप्टर सकिनु भनेको पाना पल्टाएर नयाँ अध्यायको शुरुवात गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी वढी राख्ने उनको मान्यता छ । उनी आफ्नो विभाग प्रति एकदम नतमस्तक छन । हरेको आफ्नो सफलताको पछाडी आफ्नो विभागको योगदान रहेको उनी वताउछन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?