बैतडीमा जीप दुर्घटना, चालकसहित ९ जना घाइते

दार्चुला । जीप दुर्घटना हुँदा बैतडीमा नौजना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौं जाँदै गरेको भे १ च १११६ नम्बरको जीप सोमबार बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको हो।

घाइतेमध्ये जिप चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको बताईएको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उकालो कच्ची बाटोमा जीप चढ्न नसक्दा ब्याक भएको र ब्रेक फेल भएका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। जीप ब्याक भएर सडकमै पल्टिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?