पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइने

दार्चुला । बैतडीको पाटन नगरपालिकामा आधारभूत तहमा संस्कृत विषय पढाइने भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो । नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो । आधारभूत तहमा कुनै एउटा बिषय अध्यापन गर्नुपर्ने भएकाले कक्षा ६ देखि ८ सम्म आफूहरुले संस्कृत बिषय पठनपाठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । आफुहरुसंग संस्कृत बिषय पढाउनका लागि जनशक्ति पनि रहेको र यसले आधारभूत तहमा भाषाका बिषयमा पनि ज्ञान दिने भएकाले संस्कृत विषय पठनपाठनको तयारी गरेको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो ।

पछिल्लो समयमा संस्कृत विषयको पढाई नहुँदा विद्यार्थीहरुमा भाषागत समस्या समेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पुर्याउने नगरपालिकाले भनाइ छ । यसअघि जिल्लाका २ वटा विद्यालयहरुमा संस्कृत विषय अध्यापन हुँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?