बैतडीमा एक ब्यापारी मृत फेला, हत्याको आशंका

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा एक ब्यापारी मृत अवस्थामा फेला परेका छन् । सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षिय कमलसिंह महरा आज बिहान मृत अवस्थामा फेला परेका हुन ।

बिहान साडे ६ बजे स्थानियबासीले महराको शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय गणेश भाटले बताउनुभयो। अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मृतकको शब स्थानिय राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको हो ।

घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानियबासीको अनुमान रहेको छ । मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोली अनुसन्धानका लागी घटनास्थल पुगेको छ । घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक राजेश शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?