मदिराको तालमा फलामको पाईपले हानेर व्यापारीको हत्या

दार्चुला । बैतडीमा व्यापारी कमलसिंह महराको हत्या भएको पुष्टी भएको छ । हत्याको आशंकामा प्रहरीले पक्राउ गरेकाहरुले हत्या गरेको स्वीकार गरेपछि हत्या भएको पुष्टी भएको हो ।

बिहीबार बिहान सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए । कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिएको थियो ।

घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार अपराधीले बयानमा बुधबार राति सँगै रक्सी पिएको र विवाद पैदा भई झडप हुदा घटना घटेको बताएका छन्।

महराको टाउकोमा खानेपानीको फलामे जिआई पाईपले हानेर हत्या गरिएको बताईएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?