दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ३ पारिजामा रहेको ताराकोट आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनिराम सिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देवी ठगुन्ना विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नौगाडका फिल्ड संयोजक अर्जुन सिह ठगुन्ना, शिक्षक, अभिभावक, विभिन्न राजितिक दालका प्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । मैनबत्ती जलाएर उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक बिमला ठगुन्नाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यालय तीन तारे घोषणाका १० वटा सुचकहरूको प्राप्तिका बारेमा विद्यालय प्रधानाध्यापक भानुभक्त पन्त र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नौगाडका फिल्ड संयोजक अर्जुन सिह ठगुन्नाले जानकारी गराउनु भएको भएको थियो । कार्यक्रममा विद्यार्थीले स्थानीय कला संस्कृत झल्कने तथा विद्यालय सरसफाइ सुरक्षा सम्बन्धी जनचेतना जगाउने खालका गीत र नृत्य प्रस्तुत गरेका थिए । विद्यालयलाई तीन तारे घोषणा प्रशंसा प्रमाणपत्र पनि हस्तान्तरण गरिएको स्थानीय सन्तोष सिह ठगुन्नाले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया